धनगढीका ७ सामुदायिक विद्यालयलाई पुरस्कृत

धनगढी- कैलालीको धनगढीमा उत्कृष्ट ७ वटा सामुदायिक विद्यालयलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।
धनगढी उपमहानगरपालिका र उपमहानगरभित्र सञ्चालित ६८ वटा सामुदायिक विद्यालय बिच भएको कार्यसम्पादन सम्झौता अनुसार मासिक रुपमा उत्कृष्ट काम गर्ने ७ वटा विद्यालयलाई सम्मानपत्र सहित पुरस्कृत गरिएको हो ।

उपमहानगरपालिकाले २०८० चैत्र ८ गते ६८ वटा सामुदायिक विद्यालयहरुहरु सँग कार्यसम्पादन सम्झौता गरेको थियो।

Navadurga sun
Godawari sandesh

सामुदायिक विद्यालयहरूको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शैक्षिक विकास गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको थियो। ११ वटा मुख्य सूचक र ७२ वटा सहायक सूचक तय गरिएको छ। ती सबै सूचकहरुको पूर्णाङ्क १०० कायम गरिएको छ। उल्लेखित सूचकको आधारमा विद्यालयमा महिना भरी भए गरेका गतिविधिलाई प्रधानाध्यापकहरूको बैठकका अवसरमा प्रस्तुतीकरण गर्ने काम हुँदै आएको छ।

Dadeldhura hospital

उक्त प्रस्तुतीकरणलाई तोकिएको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरेर मासिक रुपमा उत्कृष्ट विद्यालय घोषणा गर्ने गरिएको छ। सोहीअनुसार २०८१ बैशाख महिनाको उत्कृष्ट विद्यालय श्री शारदा माध्यमिक विद्यालय धनगढी–२, लाई सम्मानपत्र सहित १५ रुपैयाँ प्रोत्साहन उपलब्ध गराइएको थियो।

२०८१ जेठ महिनादेखि भने तहगत रुपमा तीनवटा विद्यालयलाई उत्कृष्ट विद्यालय घोषणा गर्ने र उत्कृष्ट घोषणा भएका तीनवटै विद्यालयलाई सम्मानपत्र र १० हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउन थालिएको छ।

जेठ महिनामा माध्यमिक विद्यालय तर्फ श्री पञ्चोदय माध्यमिक विद्यालय, धनगढी–५, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरु मध्ये श्री सरस्वती आधारभूत विद्यालय धनगढी–१ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरु मध्ये श्री जनजागृति आधारभूत विद्यालय धनगढी–१५ उत्कृष्ट विद्यालय हुन सफल भएका थिए।

२०८१ असार महिनामा माध्यमिक विद्यालय तर्फ श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी–१२, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरु मध्ये श्री न्यू कालिका आधारभूत विद्यालय धनगढी–१७ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरु मध्ये श्री राष्ट्रिय आधारभूत विद्यालय धनगढी–५ उत्कृष्ट विद्यालय हुन सफल भएका छन्।

Loading...