कैलालीमा करेन्ट लागेर बालकको मृत्यु

धनगढी- कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्य भएको छ।

जिल्लाको भजनी नगरपालिका–३ धुसीका चन्द्रबहादुर पाण्डेको छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती बालकले घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रमामा करेन्ट लागेको थियो।

बालकलाई करेन्ट लागेपछि उनलाई बचाउन खोज्दा सोही ठाँउ बस्ने १८ वर्षीय पारश ठगुन्नालाई समेत करेन्ट लागेर घाईते भएका छन्।

घाईते ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...