निःशुल्क शव वाहानले पैसा लियो भन्ने समाचार प्रति गोदावरी नगरपालिकाद्वारा खण्डन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले गत बर्ष देखि निःशुल्क शव वाहान सेवा संचालनमा ल्याएको थियो । शव वाहान संचालनका क्रममा केही मिडियाले शव बोकेबापत मृतकको परिवारबाट २ हजार रुपैयाँ लिएको भन्ने समाचार प्रति गोदावरी नगरपालिकाले खण्डन गरेको छ ।

बुधवार काठमाण्डौबाट धनगढी आईरहेको बसले मोटरसाईकलमा सवार गरेका मृतक नन्दराम चौधरी र घाईते अवस्थामा रहेका लेखकराज जोशीलाई कैलालीको हरैयामा सडक दुर्घटना हुँदा चौधरीको निधन भएको थियो । मृतक नन्दराम चौधरीको शव बोकेर सुदूरपश्चिम प्रदेशको चिर परिचित गोदावरी आर्यघाटमा लैजाँदै गर्दा अत्तरियाको डिके आयल निगममा मलामी जादा सँगै मलामी बोकेको ट्याक्टरहरुले तेल हाल्दै गर्दा मलाई पनि तेल हालेर जानुहोस् भने पछि आफूले पनि चौधरी समुदायको नियम नै होला भनेर ट्याक्टर लागेको ठाउँमा शव वाहानलाई अगाढी बढाएर तेल हालेको जानकारी शव वाहानका ड्राईभर दिपकराज भट्टले बताएका छन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसै बिच मृतक नन्दराम चौधरीका स्वहोदर भाई नाता पर्ने लिलाराम चौधरीले भने, हाम्रो परम्परा अनुसार मलामी गएका गाडीहरुलाई १-२ हजारको तेल हाल्ने चलन रहेको र आफूलाई हाल्नु पर्दैन भनेर थाहा नभएकोले पनि हामीले शव वाहानमा तेल हालेका हौ, बाकी गोदावरी आर्यघाटमा अन्त्येष्टि पश्चात वाहान संचालनका लागि स्वईच्छिक रुपमा बक्समा राखी दिनु भन्दै रु ५०० शव वाहानका गुरु जीलाई दिएको बताएका छन ।

त्यसैगरी शव वाहानले पैसा लियो भन्ने समाचार देखे पछि आफूहरु दुःखित भएको र सत्य तथ्य न बुझी झुटो समचार सम्प्रेशण भएको प्रति घोर आपत्ती रहेको गोदावरी नगरपालिकाका नगर प्रवक्ता तथा वडा न. १ वडा अध्यक्ष गोपाल दत्त भट्टले बताएका छन । उनले भनेका छन नगरपालिकाको आफ्नो क्षेत्र भित्रका जो सुकै नागारिकलाई निःशुल्क रुपमा सेवा प्रदान गर्दै गरेको र जो कोहीले पनि स्वईच्छ्याले बाहेक अन्य रुपमा आफूहरुले पैसा नलिने बाएका छन ।

समाचारकै बिषयमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने,”राष्ट्रको चौथो अंगको रुपमा रहेको जिम्मेवार निकायले पत्रकारिता पेसामा बसेर जे मन लाग्यो तेही बालापना देखाएर सत्य तथ्य नबुझी समाचार लेख्नु आफैमा गलत कुरा बताएका छन” कसैले सामाजिक संन्जालमा हाल्दैमा त्योलाई आधार मानेर समाचार हाल्नु कत्तीको उचित हुन्छ ?

सम्बन्धित निकायलाई बुझेर समाचार हाल्दा पत्रकारिताको गरिमा बढ्ने समेत बताएका छन । एक स्थानिय सरकार चलाउदै गर्दा अनेकन आरोप लगाई कसैको चरित्र हत्या गर्नु उचित हुदैन मिडियाका साथीहरु सच्चिन आग्रह गरेका छन ।

Loading...