अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लिदाँ‍‍…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो ।

Ganyapdhura gau

काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उहाँले बताउनुभयो । प्रवक्ता भट्टले भन्नुभयो “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो । गएराति नै बुद्धएयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडौँबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उहाँले बताउनुभयो ।

धावनमार्गमा चिप्लिएको बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको छ। विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरे पनि विमानको अगाडिको भाग घाँसे मैदानमा धसिएको छ।

‘विमानको अगाडि पट्टिको बडीले भुइँमा छोएका कारण सुरक्षित निकाल्ने प्रयास भइरहेको छ, निकाल्ने क्रममा विमानमा थप क्षति नहोस् भन्ने हिसाबले बुद्ध एयर, नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेका छन्,’ उनले भने।

Couple
Loading...