कैलालीको गोदावरीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदामाथि छलफल

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदामाथि छलफल गरिएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा निड्स नेपाल, केयर नेपाल, सिआर आर र एफडब्लु एलडीको सहकार्यमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदामाथि छलफल तथा अनुमोदन कार्यक्रम गरिएको हो ।

Navadurga sun

कार्यक्रममा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न शाखा प्रमुखहरु, जनप्रतिनिध, विभिन्न संस्था सँगको सहकार्यमा विपद्बाट क्षति कम गर्न बनाइएका मस्यौदामाथि छलफल गर्दै केही विषयहरू थप समेत गरिएको छ । सो मस्यौदालाई बैठकले अनुमोदन गरेको छ ।

विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि सुरक्षा, शिक्षा, स्वास्थ्य, सामाजिक, भौतिक पूर्वाधार, तन्दुस्त सूचना प्रणाली, खानेपानी, शौचालय, सरसफाई, सवारीसाधनको व्यवस्थापन लगायतका विषय रहेको बताइएको छ ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका लागी स्वास्थ्य क्षेत्रमा आवश्यक बन्दोबस्तको तयारी, जनशक्ति तथा स्वास्थ्यकर्मीको पूर्वतयारी अपनाउनु पर्नेमा जोड दिइएको छ ।

छलफलमा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुखहरु, रेडक्रस उपशाखा अत्तरियाका प्रतिनिधि लगायत विभिन्न क्षेत्रमा आवद्ध सरोकारवाला तथा साझेदार संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकले विपद् प्रतिकार्य अगुवा संस्थाका रुपमा रेडक्रस उपशाखा अत्तरियालाई तोकेको छ । त्यस्तै केही साझेदार सङ्घ संस्थाहरूको नाम थप गर्न सकिने जनाईएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...