नेपाल मोबाइल व्यवसायी महासङ्घले तेस्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनायो

अत्तरिया, २७ असार । नेपाल मोबाइल व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेशले आफ्नो तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आफ्ना नौ वटै जिल्ला र देशैभरि विभिन्न सामाजिक कार्यहरू गरी मनाएको छ । 

बिहीबार महासङ्घले वृक्षारोपण सरसफाई बिरामीहरूलाई फलफूल वितरण रक्तदान अनाथालयमा खाद्यान्न सामग्री वितरण दृष्टिविहीन लाई सहयोग इत्यादि कार्यहरू गरेको छ । यो कार्य नेपाल मोबाइल व्यवसायी महासङ्घले देशैभरि सञ्चालन गरेको हो । 

नेपाल मोबाइल व्यवसायी महासङ्घका प्रदेश प्रथम उपाध्यक्ष गङ्गा प्रसाद निरौलाका अनुसार महासङ्घले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा यस्ता सामाजिक कार्यहरू गरेको र आगामी दिनहरू पनि यस्ता कार्यक्रमहरू गर्दै जाने बताएका छन् ।

Loading...