कैलाली चेम्बर अफ कमर्सको अध्यक्षमा प्रमोद अधिकारी निर्वाचित

अत्तरिया- कैलाली चेम्बर अफ कमर्सको अध्यक्षमा प्रमोद अधिकारी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोस्रो विशेष साधारण सभाबाट अध्यक्षमा अधिकारी सर्वसम्मत निवार्चित भएका हुन । यस अघि जिल्ला अध्यक्षमा विनोद मल्ल थिए ।

साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा वंशीराम चौधरी ‘स्माईल’, महासचिव सन्तोष लामिछाने, कोषाध्यक्ष नीरज कार्की र सचिवमा शान्ति ठगुन्ना निवार्चित भएका छन् ।

यस्तै सदस्यमा लोकराज उपाध्याय चयन भएका छन् । बाँकी ४ जना सदस्य नवनिर्वाचित कार्यसमितिले चयन गर्ने जनाइएको छ ।

Loading...