धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी- धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१ जिल्ला प्रशासन कार्यालय नजिक र धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २३ हजार ९५० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको प्याज, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । 

Loading...