Division ban Pahalmanpur

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यातायात अवरुद्ध

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका सडक यातायात अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताए ।

डिआईजी केसीले ठूलो पहिरो नखसेकोले यथाशीघ्र पहिरो हटाएर सडक यातायात सुचारु गर्न सकिने बताए । डडेल्धुराको रडुवामा पहिरो खसेका कारण डडेल्धुरा डोटी सडक केही समय अवरुद्ध भएपनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।

Malpot office jogbudha

पहाडी जिल्लाका ग्रामिण सडकहरु समेत बाढी र पहिरोका कारण अबरुद्ध भएका छन् । आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ । अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ । बझाङको थलारा गाउँपालिकाको झ्याँबगरमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

डिआईजी केसीले केही ठाँउमा पहिरोको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएपनि हालसम्म मानवीय तथा भौतिक क्षति नभएको बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...