धनगढीका एक फरार युवक पक्राउ

धनगढी- धनगढीका एक फरार युवक पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २४ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–२  का ४० वर्षीय ओम बिक्रम अधिकारी पक्राउ परेका छन् ।

अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट शुक्रवार पक्राउ गरेको जनाएको छ ।

Loading...