कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी–२ ब्यारेल, ट्राफिक चौराहा र गोदावरी–३ मालाखेती चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९८ हजार ५७६ मूल्य बराबरको सामान बरामद गरिएको छ ।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, कुर्ती, प्लाजु, कुर्ता सुरवाल, चप्पल, सारी, बच्चाको कपडा, मोटरको ब्याट्री, पंखाको ब्याट्री, व्यारिङ, स्वल्डर वयर तार, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun

यस्तै कञ्चनपुरको पुनर्वास नगपालिका–११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८४ हजार बराबरको लेडिज कुर्ता सुरुवाल, धोती लगायतका सामान प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...