कैलालीको चुरेमा किसानलाई बाख्रा वितरण

कैलाली- कैलालीको चुरेमा किसानलाई बाख्रा वितरण गरिएको छ । कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा १ सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरेको हो ।

चुरे गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख धर्मराज भट्टका अनुसार चुरे–३ मा ५०, वडा नं ४ मा १४, वडा नं ५ मा १२, वडा नं ६ मा २६ र वडा नं ३ मा १० परिवारलाई बाख्रा वितरण गरिएको छ । पचहत्तर प्रतिशत गाउँपालिका र २५ प्रतिशत किसान स्वयंले व्यहोर्ने गरी प्रत्येक परिवारलाई अनुदानमा एक/एक वटा बाख्रा वितरण गरिएको हो ।

‘विदेश जानु भन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रम बर्सेनि बढाउँदै लगिने छ उनले भने । त्यसैगरी चुरे–५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट ५ लाखको लागतमा खोर सुधार कार्यक्रम अन्तर्गत खोर निर्माण गरिएको छ ।

गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा आठ लाखमा १६ बाख्रा नुहाउने ट्याङ्की निर्माण गरिनुका साथै र आठ लाखमा बोकालाई खसी बनाउने मेसिन किसानलाई वितरण गरेको पशु शाखाले जनाएको छ ।  

Loading...