धनगढी- कैलालीमा सोमवार देखि परेको वर्षाका कारण १६ घरमा आंशिक क्षति पुगेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ बसन्ता स्थित कटौनी नदीका किनारमा रहेका ८ घरमा आंशिक क्षति पुगेको छ । आठ घरधुरीका मानिसहरू आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
लुगाकपडा तथा सर–सामान घरभित्रै छन् । यस्तै भजनी नगरपालिका–५ लालबोजीमा पनि ८ घरधुरीमा आंशिक क्षति पुगेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।
कान्द्रा नदीको कटान पछि घरभित्र पानी पसेको छ । घर भित्र पानी पसेपछि चौधरीगाउँका बासिन्दा मार्कामा परेका छन् । घटनाको पूर्ण विवरण प्राप्त भएको छैन् । घटनाबारे थप बुझ्न प्रहरी परिचालन गरिएको छ ।