धनगढीको एक कटेजमा यौनधन्दा, २ जोडी पक्राउ

अत्तरिया- धनगढीमा यौनधन्दामा संलग्न चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ मनेहरा स्थित ब्ल्याकस्टोन कटेजबाट उनीहरूलाई पक्राउ गरेको हो ।

मंगलबार राति कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीको कमाण्डमा खटिगएको टोलीले पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ४५ वर्षीय पुरुष, कञ्चनपुर भिमदत्त नगरपालिका-१० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीया महिला र, धनगढी उपमहानगरपालिका-१८ की १८ वर्षीया महिला रहेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ र थप अनुसन्धान भइरहेको छ ।

Loading...