पानी नपर्दा रोपाइँमा ढिलाइ

हरिश चन्द/डडेल्धुरा- पानी नपरेका कारण किसानलाई यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । कतिपय बस्तीमा आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएको हुँदा हालसम्म पानी नपरेपछि रोपाइँ ढिलाइ भएको हो ।

धानको पकेट क्षेत्र मानिएका जिल्लाको नवदुर्गा गाउपालिका भागेश्वर गाउपालिका परशुराम नगरपालिकामा यस वर्ष पानी नहुँदा अघिल्ला वर्षहरूको तुलनामा २० प्रतिशत रोपाई कम भएको छ ।  

अहिले असारको दोस्रो साता सिकिदा सम्म पनि ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेम राज पनेरु  जानकारी दिए ।

कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क अनुसार डडेल्धुरामा वर्षे धान रोपाइँ हुने क्षेत्र  ६ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने जनाएको छ । अहिलेको रोपाइको अवस्थालाई हेर्दा असार महिनाको अन्त सम्ममा रोपाइँ सकिने विश्वास गरिएको कार्यालय प्रमुखको  भनाई रहेको छ ।

वर्षातको अवस्था र समयमा मल बीउको सहजता हेर्दा यो वर्ष अपेक्षाकृत रुपमा धानको उत्पादन कम हुने विश्वास प्राविधिकहरूमा रहेको छ । 

Loading...