बैतडीमा एक जना बेपत्ता

बैतडी- बैतडीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–७ खेतागाउँका ४४ बर्षीय नवराज भट्ट बेपत्ता भएका हुन् ।

udhok dadeldhura

७ बर्ष अघि पनि उनी यसैगरी हराएका थिए । उनी गत वर्ष मात्र घर फर्किएको डिलासैनी गाउँपालिका–७ का वडा अध्यक्ष प्रकाशमणी भट्टले बताएका छन् ।

खेतागाउँबाट लौडेला भन्ने ठाउँमा जान्छु भन्दै घरबाट निस्केका भट्ट सम्पर्कमा नआएको उनका भाइ पदम भट्टले बताएका हुन् । मानसिक समस्या भएका नवराज घर नआएपछि परिवारका सदस्य चिन्तामा परेका छन्।

Loading...