सुदूरपश्चिममा घरजग्गा कारोबार बढ्यो

धनगढी- सुदूरपश्चिममा घरजग्गा कारोबार बढेको छ । अघिल्लो वर्ष २०७९ को तुलनामा २०८० असार मसान्त सम्मको तुलनामा २०८० पुस मसान्त सम्म घरजग्गा कारोबार बढेको छ ।

घरजग्गा रजिष्ट्रेशन संख्या १९ दशमलव ८६ प्रतिशतले बढेको छ। गत वर्ष सोही अवधिमा ३८ दशमलव ९५ प्रतिशतले घटेको थियो । त्यसैगरी घरजग्गा रजिष्ट्रेशन वाफतको राजस्व संकलन ३ दशमलव ३५ प्रतिशतले बढेर ३१ करोड ३६ लाख पुगेको छ । 

गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५९ दशमलव ४२ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा घर/भवन नक्सा पास संख्या २७ दशमलव ७३ प्रतिशतले घटेको थियो । कैलाली बाहेक सुदूरपश्चिमका सबै जिल्लामा घरजग्गा रजिष्ट्रेशन संख्या र राजस्वमा वृद्धि भएको छ ।

समिक्षा अवधिमा कैलाली जिल्लामा सबै भन्दा बढी ५ सय २७ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र डोटी जिल्लामा कुनै घर तथा भवन नक्सा पास नभएको नेपाल राष्ट्र बैंकले संकलन गरेको प्रतिवेदनमा उल्लेख छ ।

Loading...