चेक अनादर र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीबाट जिल्ला अदालत कैलालीले जरिवाना ठहर गरेका २ फरार प्रतिवादी पक्राउ परेका छन । सोमबार लम्कीचुहा र टीकापुरबाट २ जना फरार प्रतिवादी पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका –२ का ४४ वर्षीय बिरेन्द्र बहादुर शाही र लागु औषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका – १ का २४ वर्षीय भरत रावल रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...