धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्कामा पुर्वबाट पश्चिम तर्फ आइरहेको मोटरसाइकल साइकलसँग ठोक्किएर आइतवार दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा टीकापुर नगरपालिका–५ का ६५ वर्षीय कल्लु डगौरा,मोटरसाइकल चालक ५१ वर्षीय नविन रावल र एक जना साइकल चालक रहेका छन् ।
साइकल चालक र मोटरसाइकल पछाडि सवार रहेका डगौरा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको छन्। मोटरसाइकल चालक रावलको भने नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।