Division ban Pahalmanpur

सुदूरपश्चिममा नागरिक उन्मुक्तीले फिर्ता बोलायो मन्त्री

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए ।

Malpot office jogbudha

सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन् । चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमिसुधारमन्त्री छन् ।

दलका नेता घनश्याम चौधरीका अनुसार दुवैले दलको निर्णयविरुद्ध सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने बताए ।

‘मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतको पक्षमा मतदान नगर्न निर्देशन (ह्वीप) जारी गरिएकोमा सोको उल्लंघन गरी फ्लोर क्रस गरिएकोले हालको सुदूरपश्चिम प्रदेश सरकारबाट माननीयज्युलाई समर्थन फिर्ता लिन अनुरोध गर्दछु’, मन्त्रीलाई दलका नेता चौधरीले पठाएको पत्रमा लेखिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...