पत्रकार रावलद्धारा १० घर परिवारलाई खाद्यान्न वितरण

धनगढी- धनगढी उपमहानगरपालिका–१ नेपाली काँग्रेस पार्टी कार्यालय नजिक अस्थायी रुपमा बसोबास गर्दै आएका विपन्न, गरिब तथा दलित परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

पत्रकार बिरेन्द्र बहादुर रावलले सो स्थानमा बसोबास गर्दै आएका १० घर परिवारलाई आइतबार स्थलगत गएर खाद्यान्न वितरण गरेका हुन् ।

पत्रकार रावलले प्रति घर परिवार दुई किलोग्राम चामल, भुजा, चाउचाउ र एक पाकेट नुन वितरण गरेको बताए ।

धनगढी उपमहानगरपालिका–१ नेपाली काँग्रेस पार्टी कार्यालय नजिक अस्थायी रुपमा बसोबास गर्दै आएका विपन्न, गरिब तथा दलित परिवारका घर केही दिनअघि उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको थियो।

उपमहानगरपालिकाले घर भत्काएपछि वर्षादका बेला बिचल्लीमा परेका उनीहरु सोही स्थानमा पाल टाँगेर बस्दै आएका छन् ।

Loading...