घाइते अवस्थामा फेला परेका निर्माण व्यवसायी भट्टको धनगढीमा मृत्यु

डडेल्धुरा- डडेल्धुरामा घाइते अवस्थामा फेला परेका एक निर्माण व्यवसायीको धनगढीमा मृत्यु भएको छ। घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका निर्माण व्यवसायी डम्बर देव भट्ट (सन्तोष) को सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

शनिवार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा घाइते फेला परेका थिए ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए । घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिवार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि आफू आर्थिक समस्यामा परेको उनले आफूनिकट साथीहरूलाई बताउँदै आएका थिए । भट्ट शुक्रवार साँझबाट परिवारका सदस्यसँग सम्पर्कमा थिएनन् । राति सम्म घर नआएपछि उनका आफन्तले खोजी गरेपनि फेला परेका थिएनन् । उनी सव–ओभरसियर समेत हुन् ।

Couple
Loading...