Division ban Pahalmanpur

धनगढी बस्ने २२ वर्षीय युवती ६ दिन देखि बेपत्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीबाट एक युवती ६ दिन देखि बेपत्ता रहेकी छन् । धनगढी–३ कि २२ वर्षीया सुनिता देउवा ६ दिन देखि बेपत्ता रहेकी छन् ।

Malpot office jogbudha

धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर टोल स्थित घरबाट असार ११ गते दिउँसो ३ बजे नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकी सुनिता त्यस पछि भने आज सम्म परिवारको सम्पर्कमा आएकी छैनन् । बेपत्ता भएपछि एकचोटि फोन गरेर पहाड आएको बताएकी उनको त्यसपछि भने आजको दिनसम्म मोबाइल अफ रहेको उनका भाइ निर्मल देउवाले बताए ।

प्रहरीमा खोजीका लागि निवेदन दिएर लोकेसन पत्ता लगाउँदा अन्तिम पटक सुनिता लम्कीमा रहेको देखाए पनि त्यसपछि भने मोबाइल अफ रहेकाले लोकेसन समेत थाहा हुन नसकेको भाइ निर्मलले बताए । सुनिताको खोजी कार्यमा सहयोग गरिदिन उनका आफन्तले अनुरोध गरेका छन् ।

सुनितालाई भेट्टाएमा नजिकको प्रहरी चौकी अथवा मोबाइल नम्बर ९८४८७९५३६५ नम्बरमा सम्पर्क गरि दिन उनका भाई निर्मलले अनुरोध गरेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...