अत्तरिया- खाद्य गुणस्तर निगरानी सम्बन्धी सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका हेमराज भट्ट र हर्क बहादुर खड्काको सहजकर्तामा भएको उक्त अनौपचारिक कार्यक्रममा होटेल व्यवसायी र अतरिया उद्योग वाणिज्य संघका व्यापारीहरू उपस्थिती रहेको थियो ।
करिब २ घण्टा सम्म भएको उक्त कार्यक्रममा ३० जना जति सहभागीहरु रहेका थिए । सहजकर्ताहरूले ग्राहकहरूलाई स्वाद सँगै स्वास्थ्यको मध्यनजर राखी काम गर्नु पर्ने लगायत खाद्य पदार्थको लागि मिसावटमा पनि सबैले ध्यान दिनु पर्ने बताए ।
“व्यक्तिगत सरसफाई हात धुने खानेकुरा बनाउदा भाँडाको सरसफाई नङ काट्ने सफा भाँडा, खानालाई छोपेर राख्ने र अरु सुरक्षित खानामा रोगका किटाणुहरू हुने भएकाले झाडा पाखाला देखि लिएर क्यान्सर जस्ता रोगहरू लाग्ने सम्भावना हुन्छ ।” उनले भने, “सडेकोलेका तरकारीहरू सस्ता खराब खाद्यवस्तुहरूको प्रयोग रसायनिक तरकारीहरूको उत्पादनको कारण २ सय भन्दा बढी रोग लाग्ने गर्छ ।”
उनले भने गुणस्तरहीन खाद्य पदार्थले समाज र अर्थतन्त्रलाई असर गर्छ । निर्यातमा अवरोध गर्छ । जन स्वास्थ्यमा असर गर्दै स्वास्थ्य उपचारमा खर्च बढाउछ । होटेल व्यवसायी तथा अन्य व्यापारीहरुले असल नागरिकको हैसियतले नियम कानूनको बारेमा जान्नुपर्छ भान्साको सरसफाई गर्दै काँचो खाद्यवस्तु र पाकेको खाद्यवस्तु छुट्टाछुट्टै भण्डारण गर्नुपर्ने बताए ।
किरा तथा पाल्तु जनावरको नियन्त्रण पनि अनिवार्य हुन्छ । सुरक्षित पानीको प्रयोग तथा सेवन अनिवार्य भएको र राम्ररी पाकेको खानाको सेवन गर्नु अनिवार्य रहेको बताउँदै खानलाई उचित तापक्रममा राख्नुपर्ने समेत बताए ।
स्थानीय किराना व्यापारी डम्बर ओझाले खाद्य पदार्थहरूमा नगर पालिकाले गुणस्तर को १५-१५ दिनमा अनुगमन गरी ग्राहक तथा सर्बसाधारणहरुलाइ सचेतना कार्यक्रमहरु दिनु पर्ने बताए । उपभोक्ताहरूले खाद्य पदार्थको उपभोग्य मिति पनि अनुगमन नगरेको बताए ।