रातो किताब सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

अत्तरिया- नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेश सभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृत रुपमा सार्वजनिक भएकोमा प्रदेश सरकारको लापरबाही गरेको आरोप समेत लगाएको छ । संसदीय दलद्वारा जारी विज्ञप्तिमा सरकारको लापरबाहीका कारण रातो किताब अनधिकृत व्यक्ति मार्फत् सार्वजनिक भएको उल्लेख छ ।

Navadurga sun

विज्ञप्तिमा भनिएको छ, “रातो किताब सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पार्टीले माग गर्दछ । रातो किताब जस्तो अतिगोपनीय र संवेदनशील दस्ताबेज अनधिकृत रुपमा सार्वजनिक हुँदा समेत सरकार मौनता बस्नु हुँदैन ।”

दलका प्रमुख सचेतक विक्रम सिंह धामीद्वारा जारी विज्ञप्तिमा यस विषयमा सरकारको आधिकारिक धारणाको माग गर्दै छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी समेत दिएको उल्लेख छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...