कञ्चनपुरको कृष्णपुरमा ज्येष्ठ नागरिकलाई छाता उपहार

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ का १ सय ८ जना ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई शनिबार छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत १ लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिक सँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा उहाँको अहंम भूमिका रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनु पर्ने बताए । “पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई यस अघि ह्विल चेयर घरमै पुगेर प्रदान गरिएका छौँ”, उनले भने ।

वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निकै सास्ती खेप्नु पर्दथ्यो ।

त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलब्ध गराउने, सोही ठाउँमा परिचय पत्र नवीकरण गर्ने कार्य सँगै स्वास्थ्य बिमा निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष साउदले बताए ।

यो कार्य सँगै भत्ता बुझ्न आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्क रुपमा औषधी उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदले बताए।

Loading...