धनगढीमा साढे १० लाखको अवैध सामान सहित २ पक्राउ

धनगढी- धनगढीमा साढे १० लाख बढीको अवैध सामान सहित २ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-१ को नवदुर्गा मन्दिर नजिकैबाट शनिबार दिउँसो १० लाख ७२ हजारको अवैध सामान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका-१ बस्ने ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका-९ बस्ने ४० वर्षीय सरस्वती बिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहोराले बताए ।

उनका अनुसार भारतबाट भन्सार छली गरि ल्याएको, सेन्डो, लेडिज मोजा र जेन्स मोजा सहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Loading...