कैलालीको चुरे गाउँपालिकाद्वारा बाढी पहिरो पीडितलाई सोलार र त्रिपाल वितरण

धनगढी- कैलालीको चुरे गाउँपालिकाले बाढीपहिरो पीडितहरूलाई सोलार र त्रिपाल वितरण गरेको छ । पालिकाले गाउँपालिका क्षेत्रमा रहेका बाढीपीडितहरूलाई २० वटा सोलार र ५२ थान त्रिपाल वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले पालिकाको–४ नम्बर वडा बालुवागडामा रहेका २५ परिवारलाई त्रिपाल र पनेरुगडाका २० परिवारलाई सोलार, २७ परिवारलाई त्रिपाल वितरण गरेको बताए । ‘बर्सातको समय सुरु भयो । उहाँहरूलाई बस्न खान नै समस्या भएको छ । केही राहत होस भन्ने उद्देश्यले हामीले सोलार त्रिपाल वितरण गरिएको गाउँपालिका अध्यक्ष बोगटीले बताए ।

वृक्षारोपण र तार–बार गर्ने नाममा सब डिभिजनले जङ्गलमा बसेका बिचल्ली गरेपछि चरम समस्यामा रहेका बाढी पहिरो पीडितहरूको सहजताका लागी सामाग्री वितरण गरिएको बोगटीको भनाई छ । ‘विगत ४/५ वर्ष देखी पालमुनि अँध्यारोमा बस्दै आएका पहिरोपिडितहरु छन’ उनले भने ‘ गत वर्ष पनि उहाँहरूलाई सोलार र त्रिपाल वितरण गरेका थियौँ । आवश्यकता हेरेर अहिले पनि केही परिवारलाई वितरण गरेका हौँ । राहत सामाग्री वितरण भन्दा पनि दीर्घकालीन समस्या समाधानमा हाम्रो मुख्य ध्यान छ ।’ 

अँध्यारोमा पालमुनि रात–दिन काटिरहेको बाढी पहिरो पीडितहरू सोलार र त्रिपाल पाएपछि हर्षित भएका छन् । ‘बस्ने बास छैन खाने गाँस छैन । खुल्ला आकाशमुनि अध्योरोमा बस्न बाध्य थियौँ । गाउँपालिका अध्यक्ष चक्र बोगटीले त्रिपाल र सोलार दिनुभयो निकै खुशीछौँ,’ पनेरुगडाकी वासुदेवी कार्कीले भनिन् ।

पिउने पानीको समेत हाहाकार छ । ६ सात वर्ष बसेको ठाउँ पनि वनका कर्मचारीले लगे । चुरे गाउँपालिकाले बेला बेलामा राहत सामाग्री बाढी रहेको छ । त्रिपाल र सोलार त पायौँ खानका लागी अन्नको पनि व्यवस्था भइदिए झन् खुसि हुन्थ्यौँ,’ पनेरुगडाकी टिकादेवी बुढाले भनिन् ।

तत्कालका लागी राहत सामाग्री पाएकोमा खुसी व्यक्त गर्दै बाढी पहिरो पीडितहरूले आफूहरूको दीर्घकालीन समस्या समाधानको माग गरे । ‘त्रिपाल पाउँदा खुशीछौँ तर हाम्रा आवश्यकता यतीले मात्रै पुग्दैन समस्या समाधानका लागी स्थानीय, प्रदेश र सङ्घीय सरकार समक्ष आग्रह गरीरहेका छौँ,’ बालुवागडाका शेर बहादुर धामीले भने ।

चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी र वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र बहादुर लामिछाने मगरले बाढी–पहिरोलाई संयुक्त रुपमा त्रिपाल र सोलार वितरण गरेका हुन् ।

Loading...