कैलालीका ३ जना फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

विदेशी विनिमय अपचलन मुद्दामा १ लाख ५५ हजार ५२० जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–५ का ३१ वर्षीय रामबहादुर विष्ट, बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धी मुद्दामा ३६ हजार ११४ जरिवाना तोकिएको बर्दगोरिया गाउँपालिका–३ बस्ने ५६ वर्षीय डम्बर राम भण्डारी र लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बस्ने २६ वर्षीय शेखर सुनार पक्राउ परेका हुन् ।

Navadurga sun

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...