धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते 

धनगढी- धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-४ मा रहेको आर्मी ब्यारेक अगाडि छ लेन सडकमा मोटरसाईकलले आज (शुक्रबार) पैदल यात्रीलाई ठक्कर दिएको हो ।

Dadeldhura hospital

धनगढी देखि अत्तरिया तर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाईकलले पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-८ का ३९ वर्षीय विकास गुरुङलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

मोटरसाईकलको ठक्करबाट पैदल यात्री र चालक दुबै जना घाइते भएका छन् । उनीहरूको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Loading...