गोदावरीले अत्तरिया धनगढी छ लेन सडकमा तारबार सहितको बृक्षारोपणको तयारी गर्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया धनगढी छ लेन सडकमा तारजाली सहितको बृक्षारोपणको तयारी गरिरहेको छ । नगरपालिकाले अत्तरिया देखी गेटा आफ्नो क्षेत्र सम्म छ लेन सड्कको खाली रहेको बिचको भागमा बृक्षारोपणको तयारी गरिरहेको हो ।

बिहीबार देखी नगरपालिकाले डोजर र टिप्पर लगाएर छ लेन सडकको बिचमा रहेको पुराने माटो बाहिर निकाली रहेको छ । बोट बिरुवाका लागि मलिलो माटो नभएकाले उक्त माटोलाई निकालेर अर्को माटो ल्याईने नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताए । उनले विगतका दिनमा लगाएका बिरुवाहरू पनि मलिलो माटो नभएका कारण नहुर्किएको बताउँदै नगरपालिकाले पुरानो माटोलाई निकालेर नयाँ मलिलो माटो ल्याउने र तारबार सहित वृक्षारोपण गर्ने बताएका छन् ।

त्यस्तै नगर प्रमुख भट्टले गोदावरी क्षेत्रको छ लेन सडकमा पहिलेनै जडान हुने सडक बत्ती केही समस्याका कारण रद्द भएकोले यसपालि भने जडान गरिने बताएका छन् । विद्युत प्रधिकरणले १५ दिने सूचना निकालेर ठेक्काका लागि नयाँ टेण्डर खोलेको बताउँदै उनले यसै वर्ष भित्र विद्युत जडान हुने भएकाले त्यसका लागि पनि तारजालीको व्यवस्था भइरहेको बताएका छन् ।

त्यसैगरी अत्तरियामा बर्षातको समयमा हुने डुबानको समस्या समाधान गर्न सडक डिभिजन कार्यालयका ईन्जिनियरलाई बोलाएर नालीहरु देखाएको नगर प्रमुख भट्टले बताएका छन् । उनले पूर्वपश्चिम राजमार्गमा रहेको सडकमा सडक डिभिजन कार्यालयले स्थानीय सरकारलाई कुनै काम गर्न नदिएकाले डुबानको समस्या समाधान गर्न सडक डिभिजन कार्यालयका ईन्जिनियर हरी सुबेदीलाई बोलाएर अत्तरियाका नालिहरुको अवस्था देखाउनुका साथै समाधानको बारेमा कुराकानी भएको बताए ।

उनले बजारमा नालीका ढक्कनहरु टुटेका र नालि जाम हुने समस्या देखिएका कारण थोरै पानी पर्दा पनि अत्तरियामा पानी जम्ने समस्या रहेकाले अब उक्त समस्याको पनि समाधान गरिने बताए ।

Loading...