बैतडी- बैतडीमा सर्पले डसेर एक महिला घाइते भएकी छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–५ दसासीकी ६६ वर्षीया धना नाथ घाइते भएकी हुन । उनलाई राति सुतेका बेला सर्पले डसेको थियो ।
डडेल्धुरामा सामान्य उपचार पछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको प्रहरीले जनाएको छ ।