अत्तरियाको सत्यवती एकेडेमीका छात्र ठगुन्नाले एसइईमा ल्याए ४ जिपिए, ७ जनाको ए प्लस

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा अध्ययन गर्दै गरेका निर्मल ठगुन्नाले २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट सर्वाधिक जिपिए हासिल गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १० खामौरा स्थायी ठेगाना भएका ठगुन्नाले एसइई परीक्षा मा सहभागी भएर ४ जिपिए हासिल गरेका हुन् ।

त्यस्तै गरी यस एकेडेमीका ७० जना विद्यार्थीहरु सहभागि रहेको परीक्षामा ७ जना विद्यार्थीले ए+ ल्याएको र अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी विद्यालयकी प्रिन्सिपल यशोदा ध्याडी कडायतले बताएकी छिन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षामा सहभागी मध्ये अत्तरियाका सत्यवतीमा अध्ययन गरेका निर्मल ठगुन्नाले सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी भएका छन् । पढाइ तथ अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेका ठगुन्नाले परिवार तथा विद्यालयमा राम्रो वातावरण पाएकाले उत्कृष्ट नतिजा हासिल गर्न सकेको बताएका छन् । 

त्यसैगरी यसै स्कुलमा अध्ययन गरेकी खुसी ओझाले ३.९५ जिपिए ल्याएको जानकारी बिद्यालय प्रशासनले जनाएको छ । 

सत्यवती एकेडेमीको विद्यालयबाट सर्वाधिक जिपिए हासिल गरेका ठगुन्नाका बुवा भानु सिंह ठगुन्ना र आमा मञ्जु ठगुन्नाले कोख बाट जन्म लिएका निर्मलले आगामी दिनमा विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्ने उनको चाहना रहेको छ ।

Loading...