धनगढी- कैलालीको धनगढीमा नियमानुसार सडकको क्षेत्राधिकार खाली गर्न ७ दिने सूचना जारी गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले सडकको क्षेत्राधिकार खाली गराउन ७ दिने सूचना जारी गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीको ठेक्का प्रक्रियामा गएका सडकको क्षेत्राधिकार खाली गर्न सूचना जारी गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गत टेम्पल रिसोर्ट–पुरानो कैलाली मोडल स्कुल सम्मको सडक क्षेत्राधिकारभित्र पर्ने क्षेत्र नियमानुसार खाली गर्न वडाअध्यक्ष बुद्धी बहादुर खड्काले सूचना जारी गर्दै सम्बन्धित सबैमा आग्रह गरेका छन्।