
कञ्चनपुर- कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।


इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट ७५ हजार १ सय पचास, प्रहरी चौकी परासनबाट २ लाख ४१ हजार ७ सय, अस्थाइ प्रहरी विट सुकाशालबाट ५५ हजार ८ सय १५ अस्थाई प्रहरी पोष्ट मझगाँबाट ३२ हजार, २ सय र प्रहरी चौकि झिलमिलाबाट ४ हजार ८ सय साठी गरी करिब गरी ४ लाख ९ हजार ७ सय २५ मूल्य बराबरको पोल्थिन, तिरपाल, सुट, कपडा, सकेट, होल्डर, फिल्टर, पेय पदार्थ लगायतका सामानहरू बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

