डोटीमा एक पसलमा आगलागी

डोटी- डोटीमा एक पसलमा मंगलबार आगलागी भएको छ । जिल्लाको शिखर नगरपालिका–२ कालागाड स्थित डम्मर बहादुर जोराको जस्तापाता र काठले बनेको १ तले कच्ची किराना पसलमा आगलागी भएको हो । 

Dadeldhura hospital

होटलमा खाना पकाउने ग्याँस लिक भइ आगलागी भएको र सँगै जोडिएर रहेको मासु पसलमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

आगलागीबाट होटल तथा पसल भित्र रहेका नगद, फर्निचर, भाँडा वर्तन, फ्रिज, खाद्यान्न, १० वटा बोईलर कुखुरा जलेर अन्दाजी १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Loading...