आज लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं- लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार नेपालमा पनि मनाइँदै छ । यो वर्ष ‘लागूऔषध विरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवस मनाइन्छ । गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५.०६ प्रतिशतले वृद्धि भइरहेको छ ।

लागूऔषध प्रयोगकर्ता शहरी क्षेत्र हुँदै ग्रामिण भेगमा पनि फैलिएका छन्। पछिल्लो समय नेपाल लागूऔषध ओसारपारको ‘ट्रान्जिट प्वइन्ट’ बनिरहेको छ । खुला सीमाका कारण लागूऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागूऔषध कारोबारी पक्राउ पर्ने गरेका छन्। पछिल्लो ३ वर्षमा १८ हजार जना लागूऔषध सहित पक्राउ परेका प्रहरीको तथ्यांक छ। चालु आर्थिक आर्थिक वर्षको जेठसम्म मात्रै ६ हजार १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विदेशीको संख्या पनि उल्लेख्य छ।

Loading...