स्वास्थ्य सम्बन्धी पुर्नस्थापना लागि सरोकारवालालाई अभिभुखिकरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि जनप्रतिनिधि लगायत सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । मंगलबार राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, अपाङ्गता परिचयपत्र समन्वय समिति सदस्य तथा गोदावरीमा अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

युएसए आइडि र हेन्ड क्याप इन्टरनेशनलको आर्थिक सहयोग रहेको अभिमुखीकरणमा गोदावरी नगरपालिका महिला विकास शाखाले समन्वय गरेको थियो ।

अभिमुखीकरणमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशकी पुर्नस्थापना परियोजना संयोजक निता विष्टले नगरमा अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापनाका बारेमा केहि धारणा बनाउनु पर्ने बताइन् । अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुर्नस्थापना सँग सम्बन्धित विभिन्न कानुनहरू निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
पुर्नस्थापना अपाङ्गता भएका व्यक्तिलाई मात्रै नभई जुनसुकै व्यक्तिलाई जतिसुकै बेला पनि आवश्यक पर्नसक्ने भएकोले स्थानीय तहले यसको तयारी गर्नु आवश्यक रहेको उनको भनाई थियो ।

अभिमुखीकरणमा अपाङ्गता परिचयपत्र समन्वय समिति सदस्य अनिल मल्लले बैंक माथिल्लो तलामा भएको हुँदा सामाजिक सुरक्षा भत्ता लिन जाँदा साह्रै समस्या हुने गरेको गुनासो गरे ।

उनले यसको समाधानका लागि पहल गरिदिन नगरपालिकाको सामाजिक विकास शाखालाई आग्रह गरेका छन् । त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव नरदिप धामीले मालाखेती अस्पतालमा औषधी नपाइने जनगुनासो लाई समाधान गर्नुपर्ने बताए ।

Loading...