अन्धविश्वासको विरुद्धमा बारेमा सचेतना फैलाउन आवश्यक छ : उपकुलपति डा. जोशी 

धनगढी- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले अन्धविश्वासको विरुद्धमा बारेमा सचेतना फैलाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजना र प्रेस क्लब धनगढीको संयोजनमा धनगढीमा आयोजना गरिएको अन्धविश्वास बारेको बहसमा उपकुलपति जोशीले विभिन्न प्रकारका कुरीतिहरू अझै पनि समाजमा व्याप्त रहेको भन्दै त्यसलाई हटाउन सचेतना मूलक कार्यक्रमहरू आयोजना गर्नु पर्ने बताए ।

सुदूरपश्चिम प्रदेशलाई पछिल्लो समय छाउपडी प्रथा जस्ता कुप्रथाको नामबाट चिन्न थालेको भन्दै प्रदेशको पहिचान जोगाउन पनि कुप्रथाहरूको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले विद्यालय स्तरबाटै यस्ता अन्धविश्वासहरू हटाउने गरि पाठ्यक्रम तयार गर्नु पर्ने बताए । नीति नियम नै बनाएर अन्धविश्वास विरोधी काम गर्नुपर्ने उनको भनाइ थियो ।

Navadurga sun

वरिष्ठ पत्रकार हेमन्त पौडेलले अन्धविश्वास अझै सम्म कायम रहनुमा नीतिमै समस्या रहेको बताए । उनले उच्च पदस्थ व्यक्तिहरू पनि अन्धविश्वासमा रहेको भन्दै सबै वर्ग समुदायका नागरिकहरूलाई यस विषयमा जानकार बनाउन आवश्यक रहेको बताए । गाउँघरमा चेतनाको स्तर बढाउनुपर्ने उनको भनाइ थियो । अन्धविश्वासको विषयमा पछिल्लो समय केही सचेतना फैलिएको उनले बताए ।

सञ्चारकर्मी तथा प्रेस क्लबका अध्यक्ष सुशील ढुङ्गानाले सुदूरपश्चिममा अन्धविश्वासको अवस्था अन्य ठाउँ भन्दा बढि रहेको भन्दै यसको निराकरणका लागि सबै लाग्नु पर्ने बताएका थिए । अधिकारकर्मी माधव चौधरीले धर्मसँग अन्धविश्वास जोडिने गरिएको भन्दै त्यस्ता कुराहरूमा सचेतना फैलाउनुपर्ने बताए । सञ्चारकर्मी तथा रक्तदाता दीपक उपाध्यायले घरबाटै अन्धविश्वास हटाउनुपर्ने बताए ।

लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका नागरिकहरूको सवालमा आवाज उठाउँदै आएका राजु लामाले तेस्रो लिङ्गी र समलिङ्गीहरू पनि बलात्कारको सिकार भइरहेको भन्दै यस विषयमा राज्यले ध्यान दिनुपर्ने बताए । मिना भण्डारीले पछिल्लो समय बिस्तारै अन्धविश्वास कम हुँदै गएको बताइन् । एकल महिलालाई अझै बढी समस्या रहेको उनको भनाइ थियो । त्यस्तै निर्मला विकले अन्धविश्वासकै कारण समाजमा बलात्कार जस्ता जघन्य अपराध बढेको बताइन् ।

अम्बिका भण्डारीले अन्धविश्वासको जड हटाउन लैङ्गिक विभेद हटाउनुपर्ने भन्दै छोरीले पनि क्रिया गर्न पाउनुपर्ने उनको भनाइ थियो । सञ्चारकर्मी गगन ऐडीले एनजिओ आईएनजीओले बजेटलाई लक्षित वर्गसम्म पुर्‍याई पहिला आफूबाट सुरुवात परिवर्तन हुन जरुरी रहेको उनले बताए । इन्द्रा धामीले समाजमा गलत क्रियाकलाप हुँदै गएको भन्दै राज्यले ध्यान दिनुपर्ने बताइन् । 

सञ्चारकर्मी विवेक नागरिकले दलित समुदायमा व्याप्त विभेद रहेको बताए विद्यालय स्तरमा पनि दलित समुदायका विद्यार्थीहरू विभेदको मारमा परेको उनको भनाइ थियो । सञ्चारकर्मी तथा अधिकारकर्मी लोग्शरी कुँवरले केही समयअघि मात्रै अन्धविश्वास र कुरीति सम्बन्धी पुस्तक शल्यक्रिया सार्वजनिक गरेकी थिइन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पुस्तकमा भनिए जस्तै समाजमा अझै पनि विभिन्न बहानामा विभेद कायमै रहेको भन्दै त्यस्ता विभेदहरूलाई हटाउन सरकार गम्भीर हुनु पर्ने बताएका थिए । उनीहरूले विद्यालय र समाजबाटै यस्ता अन्धविश्वास र कुरीति हटाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण लेखक कुँवरले नै गरेकी थिइन् ।

ADD Khali jpg
Loading...