कैलालीका १२ पालिकाले ल्याए बजेट

अत्तरिया- कैलालीका १३ पालिका मध्ये १२ पालिकाले बजेट ल्याएका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ ।

यस्तै जिल्लाको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाखको बजेट ल्याएको छ । जिल्लाको जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख १८ हजारको बजेट ल्याएको छ भने भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजारको बजेट ल्याएको हो ।

टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख १० हजार, चुरे गाउँपालिकाले ४९ करोड, गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार, बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाखको बजेट ल्याएको छ ।

जिल्लाको कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ भने गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख ९७ हजार, घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार बराबरको बजेट ल्याएको हो ।

त्यस्तै जिल्लाको जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख ११ हजार ५ रुपैयाँ बराबरको बजेट ल्याएको छ । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि जिल्लाको लम्कीचुहा नगरपालिकाले ल्याउन सकेन ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने ल्याउन नसकेको हो । नगर प्रमुख सुशीला कुमारी शाही यतिबेला वैदेशिक भ्रमणको क्रममा डेनमार्कमा छिन् । उनी गत जेठ ३० गते नै डेनमार्कको लागि उडेकी हुन् । उनी फर्केपछि मात्र नगरपालिकाले बजेट ल्याइने भएको छ ।

Loading...