कञ्चनपुरको बेदकोट नगरपालिकाकाे बजेट ९८ करोड ५७ लाख

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९८ करोड ५७ लाखको बजेट प्रस्तुत गरेको छ । बेदकोट नगरपालिकाको १५ औं नगर सभाबाट सोमवार वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरिएको छ ।

नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी नीति तथा कार्यक्रम र उप मेयर तुलसी जोशीले बजेट प्रस्तुत गरेकी थिइन् । नगर सभामा छलफल गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको छ ।

बजेटमा ७३ करोड ३३ लाख चालु खर्च र २५ करोड २४ लाख पूँजीगत खर्च पारित गरिएको छ । बेदकोटका नगर प्रमुख बोहराले बेदकोटलाई समृद्ध र समुन्नत नगर बनाउने लक्ष्य सहित नीति, कार्यक्रम र बजेट आएको बताए । उनले नगर बासिन्दाको जनजिविकासँग प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्य, शिक्षा, पशु, कृषि, वन एवम् महिला विकासका क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

Loading...