धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले ध्यानमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रममा मन्त्री भाटले पछिल्लो समय ध्यान केन्द्रित नहुँदा समस्या पैदा हुने गरेको बताए ।
सबैले आफ्नो जीवनशैली परिवर्तन गर्नु पर्ने अवस्था रहेको समेत मन्त्री भाटले बताए । ध्यान केन्द्रित नहुँदा मानसिक रोगका सिकार हुन परेको सम्मका घटनाहरू आइरहेको उनले सुनाएका थिए ।
मन्त्री भाटले युवाहरूलाई लागूपदार्थ दुर्व्यसनीबाट टाढा राख्नु पर्ने बताएका थिए । पछिल्लो समय कैलाली कञ्चनपुरमा युवाहरू लागूपदार्थमा परिसकेको भन्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए ।
सोमबार बिहान देखी सुरु भएको तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रम मङ्गलवार सम्म जारी रहने छ । यहाँ चिकित्सक तथा नर्सहरू सहभागी भएका छन् ।
यहाँ बिहान ६ बजे देखी १० बजे सम्म करिब ८० जना सहभागी रहेका छन् । ओसो तपोवनका स्वामी आनन्द अह्रतले तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गरि रहेका छन् ।