कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख

अत्तरिया- कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७७ करोड २१ लाख १२ हजार बजेट प्रस्तुत गरिएको छ ।

सोमबार भएको गाउँ सभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गर्दै आय तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँड १३ करोड ६ लाख, सशर्त कार्यक्रम ३८ करोड ६४ लाख ८ हजार गरी कुल ६५ करोड ५२ लाख १८ हजार रहेको छ ।

Navadurga sun

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २९ लाख ६० हजार, राजस्व बाँडफाँड ४५ लाख सात हजार, समपूरक अनुदान ९२ लाख, विशेष अनुदान ३० लाख रुपियाँ गरी कुल दुई करोड ९६ लाख ६७ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ ।

यस्तै गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड ६ लाख ५० हजार र चालु आर्थिक वर्षको बैङ्क मौज्दात ५० लाख रहने उपाध्यक्ष चौधरीले बताए । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि ९ करोड ३७ लाख २१ हजार, समपूरक कोषका लागि ६ करोड, बाँकी भुक्तानीका लागि ८० लाख, भूमिगत व्यवस्थापनका लागि ३० लाख, डिपिआरका लागि २० लाख, खेलकुद कार्यक्रमका लागि ३२ लाख रुपियाँ विनियोजन गरेको छ ।

त्यसैगरी स्वास्थ्य बिमाका लागि आर्थिक सहयोग गर्न सात लाख, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि ७ लाख, अध्यक्ष रोजगार र उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १५/१५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आर्थिक विकास समितिका लागि १ करोड, सामाजिक विकास समितिका लागि चार करोड, वन वातावरण तथा विपत् व्यवस्थापनका लागि ५२ लाख, पूर्वाधार विकासमा १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...