बलात्कार घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिमका सांसदको माग

कैलाली- अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा  १६ वर्षीया किशोरी बलात्कार घटनामा संलग्नलाई कारबाही गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले माग गरेका छन् ।

आइतबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक विज्ञप्ति बुझाउँदै प्रदेशका दुई सांसदले घटना प्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडकलाई कारबाहीको माग गरेका हुन् ।

एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापा  र राप्रपा सांसद खेमा विष्टले उपसचिव  कृष्ण नेपाललाई ज्ञापन पत्र बुझाउँदै घटनाको विषयमा ध्यानाकर्षण गराएकी हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री दीर्घ सोडारीलाई आन्तरिक मामिला मन्त्रालयमार्फत नै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको एमाले संसदीय दल उपनेता थापाले जानकारी दिइन् ।

‘पञ्चदेवल विनायक नगरपालिकामा १६ बर्षिया किशोरी माथि  छाउगोठमा भएको बलात्कारको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्ता घटना फेरि नदोहोरिन भनी सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पीडकलाई हदै सम्मको कारबाहीको माग गर्दछौँ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

Loading...