नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

धनगढी- नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु भएको छ । आइतबार देखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल भारत मैत्रीपूर्ण खेल होम एण्ड अवे सिरिज सुरु भएको हो ।

udhok dadeldhura

धनगढी क्रिकेट एकेडेमीको आयोजना र एसपीए कलेजको सहकार्यमा भइरहेको पुरुष टी-२० क्रिकेट नेपाल भारत होम एण्ड अवे सिरिजको उद्घाटन सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले गरे ।

प्रतियोगिता अन्तर्गत अवे सिरिजका ३ खेल भारतमा सम्पन्न भएकामा डीसीएले हार व्यहोरेको र होम सिरिज अन्तर्गत ३ खेल धनगढीमा भइरहेको छ ।

उक्त सिरिजमा नेपालका तर्फबाट धनगढी क्रिकेट एकेडेमी (डीसीए) को टिम र डीएनएस इन्डिया ले मैत्रीपूर्ण खेल खेलिरहेको डीसीएका म्यानेजर समुयल न्यौपानेले जानकारी दिए । खेल तीन दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Loading...