धनगढीबाट ७ जना जुवाडे पक्राउ

धनगढी- धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

udhok dadeldhura

धनगढी उपमहानगरपालिका–३ रिङरोड स्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा गजुरेल सहित ७ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...