बैतडी- महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो ।



रजनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छन् । शिवनाथ–१ कुस्मतघाट स्थित महाकाली नदीमा शनिवार बिहान नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो ।


अस्मिताको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।





