सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

Dadeldhura hospital

धनगढी- सशस्त्र प्रहरी बलले कैलालीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहतका वीओपीबाट खटिएको टोलीले सामान बरामद गरेको हो ।
जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध भारतबाट भित्र्याइएका ३ लाख ८५ हजार ३ सय ७५ बराबरका लत्ताकपडा, मोटरसाइकल, ईलोक्ट्रोनिक सामान बरामद गरेको हेडक्वाटरले जनाएको छ । त्यस्तै ९० हजार बराबरको माछाको भुरा समेत बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ ।

बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय र सत्ति भन्सार कैलालीमा बुझाइएको र माछामा भुरा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ ।

Loading...