धनगढीमा आँपको रुखबाट खसेर एक जनाको मृत्यु

Dadeldhura hospital

अत्तरिया- धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशी घर नजिकैको आँपको रुखबाट खसेर घाइते भएका थिए ।

घाइते भएका जोशीको उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहोराले जानकारी दिए ।

Loading...