कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१५ बस्ने ४० वर्षीय राम कृष्ण राना, किर्ते मुद्दामै ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१५ का ३० वर्षीय राम अप्तार राना पक्राउ परेका छन् ।

यस्तै सार्वजनिक मुद्दामा २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–७ का ३० वर्षीय प्रकाश खडायत, लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका–५ बस्ने २५ वर्षीय हरिकुमार खुना र सोही मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–३ का ३४ वर्षीय रामसेवक चौधरी पक्राउ परेका हुन् ।

Navadurga sun

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...